प्रभु बैंकका ग्राहक र कर्मचारीले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौं बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवा–सुविधामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *