नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता

काठमाडौँ । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव आयोजना गरिएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छिन् ।  राजधानीमा आयोजित ‘थाई फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्यान्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेको बताएकी हुन् । मन्त्री राणाले दुई देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताहरू रहेका चर्चा गरिन् ।

पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् । नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *