राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । 

शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सम्मेलनमा सहभागी हुन यहि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

भेटमा सभामुख घिमिरेले राष्ट्रपति पौडेलले विहिबार फिर्ता गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयक बारे समेत चासो राखेको बुझिएको छ । राष्ट्रपति पौडेलले संविधानको भावना र मर्म तथा विश्वव्यापि लोकतान्त्रिक अभ्यासको प्रतिकूल देखिएको भन्दै दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको संबैधानिक परिषदसम्बन्धि विधेयक फिर्ता गरेका थिए ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *