बौद्ध प्रहरी वृत्तलाई तारागाउँ रिजेन्सी होटल्सको सहयोग

काठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बौद्ध प्रहरी वृत्तलाई खानेपानीको ट्यांकी हस्तान्तरण गरेको छ। यसअघिको ट्यांकी जीर्ण भएपछि शुद्ध खानेपानीको अभाव झेलिरहेको प्रहरी वृत्तलाई होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई हजार लिटर क्षमताका चार वटा ट्यांकी र स्ट्यान्ड हस्तान्तरण गरेको हो। प्रहरी वृत्तमा यसअघि रहेको ट्यांकी धेरै पुरानो भएको र बोरिङको पानी प्रयोग गर्दा समस्या भएपछि तारागाउँ रिजेन्सी होटल्सले सहयोग गरेको वृत्तका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। ‘पहिले इँटाहरू बिच्छ्याएर पानी ट्यांकी राखिएको थियो, स्ट्यान्ड पनि थिएन,’ उनले भने, ‘स्ट्यान्ड र ट्यांकी सहयोग प्राप्त भएपछि खानेपानीका लागि सहज भएको छ।’ प्रहरीको अनुरोधमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले खानेपानीको ट्यांकी र त्यसलाई आवश्यक पर्ने स्टाण्डसहित जडान गरी कर्पोटेड प्रेसिडेन्ट रानि ब्याङले हस्तान्तरण गरेको होटलका जनसम्पर्क निर्देशक गोपालमणि भण्डारीले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *