सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सकियो

काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।

आज (बिहीबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । स्रोतका अनुसार, आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।

मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले बताएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *