५ करोडमा सञ्चालनमा आयो इन्स्टा होटल
काठमाडौं । काठमाडौंको नक्सालमा इन्स्टा होटल सञ्चालनमा आएको छ । सन् २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय ईश्वरप्रसाद पन्तले होटल सञ्चालनमा ल्याएका हुन् । अर्धबुटिक र पूर्ण आधुनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न होटलमा २१ वटा आकर्षक र वातावरणमैत्री कोठा, १ सय जना क्षमताको कन्फ्रेन्स हल, विभिन्न परिकार उपलब्ध हुने रेस्टुरेन्ट रहेको छ ।
व्यावसायिक बैठक, सेमिनार, विवाह तथा अन्य कार्यक्रम आयोजना गर्न कन्फ्रेन्स हल उपयुक्त हुने पन्तले बताए । ५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको होटलले ३६ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ईन्स्टा होटलमा आकर्षक तथा आरामदायी लक्जरी र स्ट्यान्डर्ड कोठा रहेका छन् । होटलको रेस्टुरेन्टमा नेपाली, अन्तर्राष्ट्रिय तथा फ्यूजन खानाहरू विशेष रूपमा उपलव्ध रहेका छन् । होटलले उद्घाटन अवधिमा ‘ओपनिङ डिस्काउन्ट अफर’ पनि ल्याएको जनाएको छ ।