विदेशी लगानी भित्र्याउने विषयमा छलफल

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिती (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणी पौडेलिबच महत्वपूर्ण छलफल भएको छ। छलफलमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीति,उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानन्तरणहरुमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायको समस्या समाधानमा नेपाली दूतावास सक्रिय रूपमा लागेको जानकारी दिए। उनले नेपाली आप्रवासीहरूको हकहित र कल्याण सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना निर्माण भइरहेको बताए। पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबिचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *