कोशी र बागमतीमा भारी वर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशको पहाडी भू भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू(भाग र मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।