विपक्षी दलहरूले मुलुकमा अस्थिरता फैलाउने प्रयास गरिरहेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मुलुकमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारको स्थिरता र विकासमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

ओलीले संसद् सम्बोधनमा भने, “अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण जारी रहनेछ। मुलुकमा स्थिरता कायम गर्दै बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा फर्काउन यही सरकारको प्राथमिकता हो।” प्रधानमन्त्रीले विपक्षी दलहरूलाई सचेत गराउँदै, संसद्‌लाई अर्थहीन बहस र झुठा कथामा उल्झाएर ‘कन्फ्युजन’ सिर्जना गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने प्रयास भइरहेको बताए। साथै, सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाएका व्यक्तिहरूमा राजनीतिक प्रतिशोधको आरोप गलत भएको स्पष्ट पार्दै न्याय प्रक्रिया स्वतन्त्र रहेको बताए।

भिजिट भिसामा विदेश गएर नागरिकता लिनु, विदेशमा विवाह गर्नु र नेपाल फर्केर मन्त्री बन्ने व्यक्तिहरूको आलोचना गर्ने प्रवृत्तिलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ मात्र भएको उल्लेख गरे । उनले भने, “यसले मुलुक र नागरिकको हित नभई स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र देखाउँछ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशको विकास, समृद्धि र नागरिक कल्याणका लागि काम गरिरहेको जानकारी दिएका छन्। उनले बहुबिवाहलाई कानुनी मान्यता नदिने स्पष्ट पार्दै, एकताबद्ध भएर देशको बिकासमा लाग्न सबैसँग आह्वान पनि गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *