विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको छ ।

सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ ।

शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्टले सम्पादन गरेको गीतको भिडिओमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ । गत वर्ष माझीले ल्याएको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत निकै चर्चित भएको थियो ।

‘म त नराउरी’ सार्वजनिक

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *