प्राइम बैंकको नाफा ४ अर्ब बढी
काठमाडौं । प्राइम बैंकको गत आर्थिक वर्ष २०८१।८२ खुद नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत छ ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ थियो । १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १८.०८ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३२ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ४.६५ प्रतिशत रहेकोमा गत वर्ष बढेर ५.५६ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १२.५१ प्रतिशत छ ।