कर्मणा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान तथा अपांग सेवा संस्थालाई खाद्यान्न सहयोग

ललितपुर । सातदोबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा सञ्चालक समिति, कर्मचारी, सदस्य र स्थानीयवासीहरुले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमबाट विरामीहरुलाई अत्यावश्यक पर्ने रगत अभावलाई केहि मात्रामा भएपनि पुरा गर्न सहयोग मिलेको छ ।

त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपांग सेवा सस्था बुङमतिका बालबालिकाहरूलाई खाद्यन्न लगायत अन्य सामाग्री सहयोग गरेको छ । संस्थाले विगत २५ बर्षदेखि सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याउँदै आएको छ । मुलुकमा आएको आर्थिक मन्दी र वित्तीय संकटकाबिचमा पनि सदस्यहरुको विश्वास जित्न सफल भएका कारण वित्तीय समस्याको सामना गर्नु नपरेको संस्थाले जनाएको छ । संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा २ हजार ३ सय सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ६५ करोड पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *