जेवाई एयर ईभीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ क्याप्टेन लामा नियुक्त
काठमाण्डौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को दिगो प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एलआरआर मोटर्सले वरिष्ठ क्याप्टेन विजय लामालाई जेवाई एयर ईभीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। नाडा अटो शो २०२५ को चौथो दिन आयोजित कार्यक्रममा सम्झौतापत्र हस्ताक्षर गर्दै कम्पनीले विमानन–थीममा आधारित यो सहकार्यलाई दिगो गतिशीलताको दिशामा एक महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको हो। सम्झौतापत्र कार्यक्रममा बोल्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “आजको दिनले हामी केवल एक साझेदारीमा प्रवेश गरेका होइनौं, बरु ठूलो दृष्टिकोणलाई उद्घाटन गरेका छौं। जेवाई एयर ईभीले विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, उच्चतम सुरक्षा मापदण्ड र दिगोपनाको प्रतिनिधित्व गर्छ।
यसै क्रममा, वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो अनुभव र पहिचानलाई जेवाई एयर ईभीसँग जोड्न पाउँदा गर्व लागेको बताए। उनले भने, “जेवाई एयर ईभी केवल कार मात्र होइन, यो पाङ्ग्रामा ल्याइएको विमान हो। यसले सुरक्षा, अनुशासन र प्रविधिक मूल्यहरूलाई नेपाली सडकमा उतार्छ। म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्साहित छु। यो सहकार्यमार्फत कम्पनीले नेपालमा ड्राइभिङ संस्कृतिलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षात्मक मान्यता र विलासीपनलाई विद्युतीय प्रविधिसँग मिसाएर भविष्यउन्मुख गतिशील समाधान ल्याउने योजना अघि सारेको छ । एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीले दिगोपना, कार्यक्षमता र प्रविधिको संयोजनमार्फत वातावरणमैत्री र नवप्रवर्तनशील सवारीसाधन उपलब्ध गराउने रणनीति अघि सारेको जनाएको छ।