नाजुक त्यान्द्रो
आफैँ रित्तिनुपर्छ
आफैँ पिल्सिनुपर्छ ।।
आफूलाई बिर्सिनुपर्छ
प्रेम दर्शाउनुपर्छ ।।
आफ्नो ज्ञान लुकाएर
अन्जान भइदिनुपर्छ ।।
आफ्नो मान गुमाएर
सम्मान गरिदिनुपर्छ ।।
सम्बन्धको कमजोर धागोलाई
बलियो बनाउन
माड लगाउनुपर्छ ।।
नत्र सम्बन्ध
टुटिजान्छ
छुटिजान्छ
मक्किजान्छ
केवल एउटा त्यान्द्रोले
जोडेको हुन्छ सम्बन्ध ।।
विश्वासको त्यान्द्रो
नाजुक त्यान्द्रो ।।
रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा, ललितपुर