एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्टमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क रिसोर्ट एण्ड होटल्स एण्ड रिसोर्टसमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले पोखरा, तनहुँ, काठमाण्डौ, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *