हुन्डाईको गाडी किन्दा बम्परमा हुन्डाईकै भेन्यु कार जित्ने भाग्यमानी
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले फेस्टिभ डिलाइट २०८१ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । नेपालका लागि हुन्डाई गाडीका आधिकारिक वितरकले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बम्पर पुरस्कारस्वरूप ह्युन्डाई भेन्यू १.२ प्रदान गरेको हो ।
कम्पनीले आयोजना गरेको ल्याक्सपेरियन्स २०२५ को दोस्रो दिन विजेतालाई बम्पर पुरस्कार दिइएको हो । दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।