सिटी एक्सप्रेसको २०८२ सालको दशैं तिहार योजना सार्वजनिक
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ’यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ । योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन सबै ग्राहकले सिटी पेबाट क्यासब्याक पाउने व्यवस्था गरिएको छ । भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुने यस अफरमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुनेछन् ।
उपहार विजेता चयन विद्युतीय प्रणालीमार्फत हुने र यसमा कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो । रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।