वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ निधन

काठमाडौँ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको छ । उनको निधन भएको गायक शिव परियाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा स्वर दिएकी गोले विगत २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनले दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार गराएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने बताइएको छ । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् । उनको चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी लगायत थुप्रै गीत हिट छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *