आज सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थित रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २४८० मै कारोबार भएको थियो ।