आक्रमणअघि गाजा छाड्न इजरायली सेनाको निर्देशन

जेरुसेलम । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि यो क्षेत्र छाड्न निर्देशन दिएको छ । सेनाले कुनै समयसीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसात् गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत निर्देशन दिएका हुन् ।

गाजाको दक्षिणी तटस्थित अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिका साथै घुम्ती अस्पताल, पानीलगायत सुविधा भएको सेनाले जनाएको छ । अल–मवासीमा संयुक्तराष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयास निरन्तर जारी रहने समेत जनाइएको छ । सुरुआती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो । तर, नागरिकबीच लुकेका हमास लडाकुलक्षित भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिँदै छ । रासस,एएफपी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *