मुक्तिनाथ क्यापिटलले असोज १० गते साधारणसभा आह्वान
काठमाडौँ । मुक्तिनाथ क्यापिटलले असोज १० गते साधारणसभा आह्वान गरेको छ। सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत हुने भएका छन्। कम्पनीले यसअघि सञ्चालक समितिको बैठकमार्फत आफ्ना शेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई साधारणसभाबाट पारित गर्ने तयारी गरिएको छ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१।०८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नयाँ लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा प्रस्तुत हुने छ।
















