मन्त्री रानाको गाडी चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले दुर्घटनापछि सो गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको जानकारी दिए । ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएर भागेको थियो ।

गाडीको ठक्करबाट सामान्य घाइते भएकी बालिका बीएण्डबीमा उपचारपछि अस्पतालबा डिस्चार्ज भइसकेकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *