सर्वोच्चको अवहेलना नहुने गरी सञ्जाल बन्द निर्णयमा कडाइ नगर्ने काग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ ।

आज आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय गरेको कांग्रेस एक नेताले बताए ।

उनका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे बैठकमा छलफल भएको थियो । सर्वोच्च अदालतले कानुन बनाएर मात्रै सञ्चालन गर्न दिने भन्ने परमादेश दिएको र सर्वोच्चको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म बन्दमा कडाइ नगर्ने भन्ने निर्णय भएको बताइएको छ ।

नेपाल सरकारले गत बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता हाल नेपालमा सुचिकरण नभएका सामाजिक सञ्जालहरु बन्द रहेका छन् । दर्ता नभएका सामाजिक सञ्जालको विषयमा सर्वोच्च अदालतले सरकारलाई कानुन बनाएर नियमन गर्न परमादेश दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *