कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ ।
जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।
‘सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ । यसबारे आवश्यक निर्णय लिनलाई हामीले बैठक बोलाएका छौं’, उनले भने ।