जेन–जीको प्रदर्शनमा १४ को मृत्यु
काठमाडौं । काठमाडौँमा आजबाट जेन–जीहरुले गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
सरकारको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएसँगै उक्त संख्या १४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
त्यसैगरी प्रदर्शनमा कति घाइते भएका छन् भन्ने यकिन विवरण प्राप्त भएको छैन ।















