गृहमन्त्री रमेश लेखकको राजीनामा माग
काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ ।
अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनु पर्यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्यो ।’
यता आज भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । हाल घाइतेको सिभिल र ट्रमासहित केएमसी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।