जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एकरएक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो । स्वतःस्फूर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्रै प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र पानीको फोहोरा पनि प्रहार गरेको थियो । स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *