धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् । कैदीबन्दीहरूले बुधबार (भदौ २५) बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए ।

कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो । दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *