शान्ति र स्थिरता चाँडै फर्कने आशा गर्छौं – चीन

काठमाडौं । चीनले सबै नेपाली वर्गले देशको आन्तरिक मुद्दालाई उचित रूपमा समाधान र सकेसम्म चाँडो सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्स्थापित गर्ने आशा व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले यस्तो उल्लेख गरेको हो । “नेपालका सबै क्षेत्रले आन्तरिक मुद्दालाई उचित रूपमा समाधान गर्ने र सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता चाँडै पुनस्र्थापित गर्नेछन् भन्ने आशा गर्छौं । चीनले नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित प्रेस ब्रिफिङमा भने ।

उनले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी भएको पनि उल्लेख गरेका ग्लोबल टाइम्सले जनाएको छ । लिनले नेपालका सबै पक्षले आन्तरिक मुद्दालाई उचित रूपमा सम्बोधन गर्न र सकेसम्म चाँडो सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्स्थापित गर्नेछन् भन्ने आशा व्यक्त गरे, ग्लोबल टाइम्सले भनेको छ । प्रदर्शनकारीले संसद् भवनमा आगजनी गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेपछि चीनले यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको जनाइएको छ । पछिल्लो दुई दशकमा हिमाली राष्ट्रमा भएको यो सबैभन्दा खराब हिंसा हो । प्रदर्शनकारीले सरकारी भवन र राजनीतिज्ञका घरमा पनि आगजनी गरेका थिए । देशको राजनीतिक कुलीन वर्ग र कथित भ्रष्टाचारको व्यापक आलोचनाबीच सेप्टेम्बर ९ को राति १० बजे नेपाली सेनाले देशको सुरक्षा कारबाहीको जिम्मा लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *