चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटियो

काठमाडौं । बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ ती शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनीलगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

प्रदर्शनकारीले भाटभटनीका २८ शाखामध्ये १३ वटा आगजनी र लुटपाट गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *