चोरिएको ७१ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह
काठमाण्डौं । भदौ २३–२४ गतेको प्रदर्शन क्रममा चोरिएका ७० हजार दुई सय वटा कार्ड फिर्ता गर्न नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल टलिकमको प्रादेशिक निर्देशनालय पोखरा महेन्द्र पुलको भवनमा तोडफोड हुँदा यी कार्ड चोरिएको टेलिकमले उल्लेख गरेको छ। टेलिकमका अनुसार एक सय रूपैयाँका ७० हजार वटा रिचार्ज कार्ड र पाँच सय रूपैयाँका दुई सय वटा रिचार्ज कार्ड चोरी भएको हो। यी कार्डबाट कुल ७१ लाख रूपैयाँ बराबरको रिचार्ज गर्न सकिन्छ।
टेलिकमले यी कार्डको सिरियल नम्बर समेत प्रकाशन गरेको छ। यी सिरियल नम्बरका कार्ड बिक्री वितरण नगर्न तथा प्रयोग नगर्न समेत टेलिकमले सूचित गरेको छ। यी कार्डबाट रिचार्ज गर्ने प्रयास गरिए पनि रिचार्ज नहुने भएकाले सर्वसाधारण ठगिन सकिने भन्दै सूचना जारी गरिएको टलिकमका प्रवक्ता हरि ढकालले बताए। उनले भने, यस्ता कार्ड टेलिकमबाट बिक्रेताले पाएपछि मात्रै प्रणालीबाट रिचार्ज हुने व्यवस्था रहेकाले यसरी चोरी भएको कार्ड सोझै रिचार्ज हुँदैन। त्यसैले सर्वसाधारणहरू फस्न सक्छन् भनेर सूचना दिएका हौं।
