जेन जेड अभियन्ता गुरुङको पत्रकार सम्मेलनमा हंगामा

काठमाडौँ । जेन जेड अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरू खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो । मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका थिए । प्रेसमिटमा सहभागि पत्रकारहरूले गुरुङमाथि जिज्ञास गरे । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । प्रत्रकारहरुले पहिले सोध्छन् ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईँहरूले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईँहरूले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईँहरूलाई ?’

यसपछि सुधनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’ प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुधनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौँ । नेताहरूलाई घरबाट निस्कनै दिन्नौँ ।’ सुधन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’ प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन ? आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ-आफ्नै सुरमा बोल्न सुरु गर्छन् ।

सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *