तोडफोड र आगजनीमा पार्टीसँग सम्बन्धित प्रमाण फेला पारे कारबाही गरियोस्–माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी माओवादीको संलग्नता भनि प्रचार गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।“ यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौँ । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

आधारहीन हल्ला फैलाएर पार्टी आन्दोलनलाई कमजोर बनाउन खोजिएको दाबी माओवादीको छ । “यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *