नाउपाका संरक्षक रेशमलाल चौधरीले छाडे पार्टी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेका छन् । उनले नाउपा छाडेर ‘नागरिक उन्मुक्ति नेपाल’ पार्टी खोल्ने घोषणा गरेका छन् ।
चौधरीले सामाजिक सञ्जालमार्फत नाउपा छाडेको भन्दै नयाँ पार्टी घोषणा गरेकाे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई साथ दिने साथीहरू जोडिनु होला, हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद ।’
नाउपाभित्र आफूलाई साथ दिनेहरूलाई पनि उनले सँगै लिएर अगाडी बढ्ने बताएका छन् । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन । मेरो दामोदरसँग कुनै दुस्मनी छैन’ उनले भनेका छन्, ‘तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन । मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ ।’
संसदमा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने पनि उनले स्पष्ट पारेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद समेत दिएका छन् ।