पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल नियुक्त
काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए । यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ । यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थियो । प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी थिइन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनै कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।