पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
पछिल्लो समय उनले पार्टी छाड्ने चर्चा चुलिएको थियो । साथै रास्वपा छाडेर उनी बालेसँग मिलेर अर्काे पार्टी खोल्न सक्ने धेरैले बताएका छन् ।