खाद्यले खसी–च्याङ्ग्रा बिक्री नगर्ने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षका चाडपर्वमा खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।
विगतमा हरेक वर्ष दशैँ अघि खसी तथा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएको कम्पनीले यस वर्ष भने बिक्री नगर्ने निर्णय गरेको हो । जेनजीको प्रदर्शनमा श्रृजित विषम परिस्थितिका कारण खसी, च्याङ्ग्रा काठमाडौँ ल्याउन समस्या भएको भन्दै खाद्यले यस वर्ष बिक्री नगर्ने भएको हो । कम्पनीले १५ सय वटा खसी र ३ सय वटा च्याङ्ग्रा काठमाडौँ ल्याएर बिक्री गर्ने तयारी थालेको थियो । जसका लागि अनलाईन बुकिङ समेत खुलाएको थियो ।
सोही बीच गत भदौ २३ गतेदेखि जेनजीहरुले देशव्यपीरुपमा प्रदर्शन गरेका थिए । जले ठुलो धनजनको क्षतिका साथै सत्ता नै परिवर्तन भएको थियो । देशभर तोडफोड तथा आगजनी गरिएको थियो । यसले गर्दा खसी च्याङ्ग्रा आयातमा समस्या भएको कम्पनीले जनाएको छ । त्यतिमात्रै हैन, कम्पनी जति सकिन्छ त्यति नै ल्याएर बिक्री गर्ने पनि सोच बनाएको थियो । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल पनि भएको थियो । तर मन्त्रालयले पनि यस वर्ष नल्याउने सोच बनाएपछि खाद्यले सोही अनुसार खसी च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।