गोकर्णेश्वरमा महिलामाथि खु-कुरी प्रहार
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बिहीबार ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको घटना सार्वजनिक भएको छ । शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो ।
प्रहरीले घटनामा संलग्न ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। पक्राउ पर्ने तामाङ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, तामाङले मदिरा सेवन गरी पन्तको कोठामा प्रवेश गरेर आक्रमण गरेको बताइएको छ। प्रहरीले भने, आक्रमणको वास्तविक कारण अहिलेसम्म पत्ता लागेको छैन। घटनापछि तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। प्रहरी वृत्त बौद्धको भवनमा पर्याप्त हिरासतको सुविधा नभएकाले उनलाई भद्रकाली लगिएको हो।
घाइते पन्तलाई उपचारका लागि शंकरापुर अस्पताल, नारायणटार लगिएको छ। उनको टाउको र दाहिने हातमा चोट लागेको बताइएको छ।