(उदाउँदो पुस्ताको राजनीतिक परिवर्तनमा स्टेट देखि स्ट्रीटसम्मको स्थिति : पुरानाले हठ डकार्ने कि सुध्रीनी ? )

बहुत ही सादा है तू और जमाना है अय्यार । खुदा करे कि तुझे शहर की हवा न लगे (नाशिर काजमी,पाकिस्तान)
। तेरो लेख खै आएन भनेर केहिले सम्झाउनु भएकोमा म मेरा २० वर्ष पहिले साप्ताहिक रविवार (जनभावना र केही वर्ष अघि सत्याग्रह,साघुँ सप्ताहिक लगायतमा समावेश गरिएका केही भनाइ राख्द्छु हिजोसम्म चप्पल लगाएर हिड्ने नेताहरूको आज काठमाडौंमा ठूला घर छ्न,गाडी छन,तिनीहरुकै छोराछोरी महङ्गा स्कुलमा पढ्छ्न (दुर्गा सुवेदी ,नेका । गलत तरिकाले मलाई प्रम हुनु छैन। तिमीहरूलाई चाहिए खाओ,मलाई त जनताले एक असल मानिस थियोे भनेर समझिदिए पुग्छ (मनमोहन अधिकारि,पुर्व प्रम) । अहिलेका नेता सङ्ग सबै छ म सङ्ग किन छैन । ढुन्डिराज शस्त्री,पुर्व मन्त्री नेका । भ्रष्ट पन्च र नेका नेता बीच भेद छुट्टाउन गार्‍हो भएको छू( शैलजा आचार्य ,पुर्व उप प्रम ,नेका नेत । मनमोहन कारडिओ अस्पताल महाराजगन्जबाट भाइ भोजराज बरालललाई भदौ २३ गते हेरेर सभा २ बजे धुलिखेल जाने मयुर बस चढेँ ,बसमा त्यही दिन देखि शुरु हुने उदाउँदो पुस्ता(न्यु योर्क टायम्सका लेखमा बढी प्रयोग हुने ? शव्द जेन जिको सरकारलाई खवरदारी अभियान शुरू हुने भएकोले सबैलाई जिज्ञाशा थियोे,मैले २०५५ साल देखिका मेरा प्रकाशित खवरदारी लेखका कुरा भने । बसका उदाउँदो युवा पुस्ता पढेर पनि के गर्नु देश छोडेर जानू पर्छ भन्दै निराश थिए,मैले आशावादी हुन भने,बसबाट नयाँ ठिमीमा उत्रिएर हिडेर केहि पर पुगेपछि जेन जि को आन्दोलनका समाचार सुने । र आजसम्म आई पुग्दा सुशील दाइ(प्रम भए पनि यही नै भनियो )ले ठुलो स्वरले त मलाई पनि बोल्न आउँछ तर अहङ्कारले मातिएर जिब्रोलाई नसम्हालेर बोलेमा समस्या हुनेछ भनेर त्यस बेलाका नेता कार्यकर्तालाई भन्नुभएको र प्रथम जननिर्वाचित प्रम बीपीका सुपुत्र प्रकाश कोइरालाले नेपालको सबैभन्दा ठुलो समस्या भनेको खुला सिमाना हो (मेरो प्रकाशित लेखमा पनि राखेको थिएँ) भन्ने कुराको त्यसैगरी नेका नेता र पुर्व मन्त्री प्रदिप गिरिले मरिचमानले भारतलाई नचिनेर मुर्खता गरेकोले पन्चायत गएको भनेर लेख्नुभएको अनि राजीनामा दिए पछी मलाई भारतले हटाएको हो भनेर पुर्व प्रम केपी ओलिले गुनासो गर्नु भएको त्यसै गरि ईमानदार को सट्टा जोसँग पैसा छ। जसले खर्चगर्न सक्छ उसलाई नै निर्वाचनमा उम्मेदवारी दिने पार्टीका नेतृत्वको प्रवृतिले समस्या ल्याउने गरेको भनेर पुर्व स्वास्थ मन्त्री नेका नेता प्रदीप पौडेलले व्यक्त गर्नु भएको बिचार र प्रचण्डले बिगतमा आगो ओकल्ने यो टेलरमात्र हो हेर्दै जानू अनि यो सरकारलाई अहिले नै ढाल्न सक्छौँ तर हतार छैन,जनतामा आक्रोश छ। सरकार नसच्चिय श्रीलङ्का बङ्गलादेशको घटना हुनसक्ने,नेकपाको बहुमतको सरकार हुँदा हाम्रा नीति र कार्यक्रम दलाल पुँजीवाद पोस्ने खालका भए । हामी राजा महाराजा जस्ता भएकाले जनताले लखेटने छन (माओले यदी तपाईँहरू राजा महाराजा जस्तो हुनु भयो भने एकदिन जनताले खेद्ने छ्नू भनेर पार्टीको बैठकमा भन्नुभएको कुरा सहित प्रचण्डको माथिका भनाइ समेतलाई मैले विगतमा आफ्नो लेखमा राखेको थिएँ) भनेर दिनु भएको चेतावनी र बिगतमा माओवादी सरकारमा हुँदा एनजीओ बन्द गर्न भनेपनि बन्द नगरेको अनि हालैको एक बहसमा एनजिओ एवं खुला सीमाना नेपालको समस्या हो भनेर पुर्व माओवादी ,राजनीतिक बिश्लेश्क,त्रिमुल पार्टीका अध्यक्ष भरत दाहालले भन्नू भएको समेतको पनि सम्झना भै रहेको छ । पुर्व रअ पदाधिकारीहरु एन के सूदले केपी ओलि चीनिया कुत्ता है तथा लकि बिष्ट्ले ओलि सरकार गिरजायेगी भनेर बिगतमा र हालको आन्दोलन पछि गठन गरेको नेपाल सरकारका अन्तरिम सम्माननीय प्रम सुशीला कार्कीलाई डीप स्टेट्ले बनाएको र यत्रो आन्दोलनमा भारतको रअ के हेरेर बसेको(नेपोलियनलाई नेपाली भन्ने ओलि त भारत बिरोधि सेन्टिमेन्ट फैलाउने गर्छन् (आईएसआरजि एनके सूद,१४ सेप्टेम्बर ई.सं.२०२५) भनेर किन भनेका होलान् ? भारतीय मेडियाले नेपालको जेनजि आन्दोलनको पछाडी बिदेशी ताकत छ भनेर किन भनेका होलान् ? छक्क परेको पनि छु । बुर्जुवा प्रजातन्त्रमा मिसिएका केहि कम्युनिस्टले भ्रष्टाचार गर्नु र जनयुद्धबाट १० वर्षमा राजनीतिक परिवर्तन ल्याउने माओवादीले भ्रष्टाचार गर्नु फरक हुन्छ,जनताले भरोसा गरेका प्रचण्डबाट समेत जनता निराश भएकोमा दुखित हुनु स्वभाविक हो आनन्दस्वरुप वर्मा,भारतीय बामपन्थी नेता । नयीँ प्रकाश् (अनलाइन टीभी युट्य्व । नेपाल जेन (जि प्रोटेस्ट । ०९सेप्टेम्बर ई.सं.२०२५ ।भारत) भन्ने कुरामा पनि अर्थ लुकेको छ । अहिले आन्दोलन नभएको भए अपराधीहरुलाई पार्टीमा हुल्ने तर आफ्नो पुरानालाई रोक्ने आफूलाई स्टेट ठान्ने नेताहरु स्टेटको उचाईबाट कुनै हालतमा स्ट्रीटको तल नझरी हुइ हुइ र सुइ सुइमा रमाईरहेका हुन्थे भन्ने जनताको बीचमा चलेको चर्चा पनि सम्झने खालको छ । अहिलेका सरकारलाई विश्व तथा नेपालको भू राजनीति बुझेर राम्रो गर्नु हुनेछ भन्ने आशा गर्दै , ईन्टरनेट नजोडे कराएर घर थर्काउने उदाउँदो पुस्तालाइमात्र हैन यो सामाजिक मिडिया राज्य र समाजका हरेक क्षेत्रको जिविका आर्जनकोआवश्यक लतयुक्त अपरिहार्य साधन भएकोमा सरकारले यसलाई उचित व्यवस्थापन नगरे राज्य समाजलाई पर्ने अशर बारे बहस गरेर चित बुझाएर क्रमशः ब्यवस्थापन गर्दै,परिवर्तन उदाउँदो पुस्तालाई जनताले साथ दिएकोले भएको हो कुनै १ ,२ जनालाई देवत्व नगरीकन अनि गरिबीको घरमा चुलो बाल्न कठिन भएको बेला गरिवका कर रगत पसिनाले समेत बनाएका सार्वजनिक सम्पत्ति द्न्केको भ्रष्टाचारको बिरोध गर्दा भ्रष्टाचारको कूल रकम भन्दा बढी क्षति भ्रष्टाचार बिरोधि आन्दोलनले गरेको(आफ्नो प्रतिकूलको सरकार भएन भने हिजो अर्को सरकार पल्ट्याएर आफैँले लोकतान्त्रिक सरकार भनेर बिकासका दाता संस्था समेत खुल्ला गर्दै जे जे गर्नपनि छुट दिएर पुल्याएका नेताहरू तथा सरकारलाई अनेकौँ बहानामा आफैँले नै ढाल्ने पनि उहि बाहिरका जुनसुकै बादि अनेकौँशक्तिशालीहरु नै हुनसक्ने सम्भावना हुँदैन भनेर विश्वासगर्न नसकिने रहेछ भन्ने कुराको समेतको हेक्का राख्दै , लोकप्रिय भन्दा व्यवहारिक निर्णय गर्ने ,आन्दोलन औ खवरदारी गर्दा अराजकता फैलाउने प्रवृतिको विकास नहोस् भन्नेमा कुराको लागि अपराधीलाई सजाय दिने,गुम्बा,मन्दिर,बिहार,चर्च,गुरुद्वार,नीतिगत भ्रष्टाचारमासमेत पर्यटनको नाममा जथाभावी खुलेका रिसोर्ट,क्याफे,डिस्को घर,शरणार्थी सिविरहरूमा समेत अस्थिरता फैलाउने गतिविधिको जमघट हुनसक्ने सम्भावना भएकोले बेला बखत अनुगमन गर्दै,रावणका दरवारीयाहरूले हनुमानको पुच्छरमा आगो लाउदा ताली पिटने भीडले लङ्का जलेर बाल बच्चा सहित सार्वजनिक सम्पत्तिको नोक्सान भएकोमा कस्तो मुर्खता गरेको कहिँ बादरको पुच्छरमा आगो झोशेर छोडनु हुन्छ त भनेर त्यही ताली पिट्ने भीडले गाली गरेको सम्झदै अनि अरुबेला स्तुतिका माइकलाल जन्माउनेहरु पनि परेको बेला काँध थाप्न आउने रहेनछन् त भन्ने कुरा मनन गरेर अर्को अन्तरिम कानुनी ब्यस्थाको गर्दै प्रदेश प्रमुख रहन सक्नेछन् तर प्रदेश सरकार खारेज हुनसक्छ बरु स्थानीय निकायलाई पुर्ण अवधि काम गर्न दिने,उधमिले दल पाल्नु पर्ने( करोडौँ खर्चमा चुनाव लडने व्यवस्थामा सुधार एवं अपराधीलाई दल भित्र प्रबेश गराउने दललाई कारवाही गर्ने लगायतका विषयमा प्रवेश गर्दै राज्यलाई कटिकरणूबोकोहरामिकरण हुनबाट जोगाउने र हामी फलानो दलको सहयोगको लागि काम गर्दैछौ भनेर भन्ने विभिन्न आरोपमा मुछिएकाहरुलाई नियन्त्रण गर्दै सहि मार्गमा लगाउदै,राजनीतिले गर्दा राज्यको हरेक तह र अङ्ग बिभाजित भएकोेले राजनीतिमा देखिएको बिकृती एवं विसङ्गतीले राज्यको सबै क्षेत्र कुहेर गन्धपुरी भै सकेको कुरा गम्भीर रुपमा मनन गर्दै अहिलेको सरकार हाक्ने समुह पनि असल नै होलान् र राज्य पनि छ भन्ने भरोसामा भारतीय साहित्य लेखक नाथुराम कस्वाँको कविता जस्तो सरकार कुनै पनि जाहिलहरुको हातमा पक्कै नपर्नु हुनेछ र हिरन्यकशेपु हठ प्रवृति अवश्य लिनु हुन्न भन्ने भरोसा र विस्वास जनतामा दिलाउनु होस भन्ने शुभकामना !! उदाउँदो पुस्ता(जेन जिको आन्दोलनको क्रममा शहीद हुनुभएका भविश्य्का आशाका किरणहरुप्रती भावपुर्ण श्रद्धाञ्जली ! परिवार जनमा विनम्र(हार्दिक समवेदना ११११ ूरोक्ने को हो दुरदर्शि बिचारका धारा,को हो नयाँ नेपालको बोक्ने अभिभारा (गोकुल जोशी ,नेपाल) भनेर नयाँ नेपालको अभिभारा बोक्ने विस्वास दिलाएका सबै राजनीतिक दलले निराशा दिलाएका रहेछन् । जेन(जी आन्दोलनले सिकाएको पाठले सिकुन(अझै अहंकार डकारी रहेकोमा बिगतको भूल स्विकार्दै उदाउँदो पुस्ताको वर्तमान परिवर्तनलाई अवशरको रूपमा लिएर आफ्नो आत्मा मुल्याङ्कन स्वोट एनलाईसिस गरेर जनताको मन जितेर अघि बढुन ! उदाउँदो पुस्ता(जेनजी)नव युगको प्रवर्तक हुन यी अर्को रुपका जेनजी(गडबडी गर्ने ग्रुप) कुनै हालतमा हैनन भन्ने जनतामा पुर्ण बिश्वास र अनुभुति सदा रहोस् । हिजो आफ्ना हजूर बा,दाजु,फूपू,काका सबैले माया गरेर ल्याएको परिवर्तन भन्दा त बरु पुरानो ब्यवस्था नै ठिक थियो कसरी भ्रष्टाचार अपराधमा परिणत हुँदो रहेछ,अग्रगामी भनिएका नेता कसरी प्रतिगामी नेता भन्दा गए गुज्रिएका बन्दा रहेछन्,छोटे श्री ३ हरु भन्दा बरु एउटा श्री ५ नै ठिक भन्ने जस्ता कुरा जनताहरुले किन उठाउने गरेका छ्न भन्ने मनन गरेर अघि बढ्नु । हार्दिक शुभकामना !!!!

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *