एमाले नेता बिष्णु पाैडेलले गरे क्षमायाचना
काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् ।
संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु ।´ उनले संविधान दिवसको शुभकामना दिदैँ लेखेका छन्: जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजिक्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुराहुन सकुन् भन्ने अपेक्षा गर्दछु ।
जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मूख्य कारणहरु हुन्। तर आन्दोलनका क्रममा भएको हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गंभीर समिक्षा हुनेनै छ । व्यक्तिगत रुपमा आफ्नो तर्फबाट भएका गल्ति, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु ।
विष्णुप्रसाद पौडेल
