जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जले
काठमाडौं । काठमाडौं उपत्यकामा जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जलाइएको छ ।
प्रहरी प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, जलेका सवारीमध्ये २४ वटा हेभी चारपांग्रे, १०४ वटा लाइट चारपांग्रे र २१८ वटा दुईपांग्रे मोटरसाइकल रहेका छन् । सवारी साधनमा भएको ठूलो क्षतिको कारण दैनिक प्रहरी गस्ती, ड्युटी तथा अन्य कार्यमा गम्भीर असर परेको जनाइएको छ ।
अवस्था सुधार्न केही संस्थाहरूले विभिन्न प्रहरी चौकी र बिटहरूलाई मोटरसाइकल हस्तान्तरण गर्न थालेका छन् ।