संसद् विघटन असंवैधानिक भएको काग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ ।

पार्टी कार्यालय सानेपमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो । साथै बैठकले केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपसिछ केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि जेनजीहरुको मागअनुसार अन्तरिम सरकार गठन गरि संसद विघटन गरिएको थियो ।

जेनजी प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *