सानेपामा पुगे एमाले नेताहरू, गरे कांग्रेस कार्यालयको अवलोकन
ललितपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर आज अवलोकन गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई र नेता अमृतकुमार बोहरा पनि अवलोकनमा गएका थिए।
अवलोकनका क्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिका बारेमा जानकारी गराएका थिए। कोषाध्यक्ष श्रेष्ठले एकै समूहले योजनाबद्ध रूपमा आएर पटक–पटक लुटपाट गरेको र चौथो पटक आएर आगजनी गरेको बताए।