माँ बगलामुखी सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
ललितपुर । माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा दथुलंस्थित माँ बंगलामुखी फुटसलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्यापु समाज यल, ललितपुरकी कार्यवाहक अध्यक्ष सबिना महर्जन प्रमुख अतिथि रहनुभएको थियो भने मिस नेवा ११४५ प्रलिशा शाक्य विशेष आतिथ्यका रुपमा उपस्थित हुनु भएको थियो । उक्त साधारण सभाको प्रमुख अतिथि सविना महर्जनले परम्परागत विधिअनुसार दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै माँ बगलामुखी सहकारीले समाजप्रति उत्तरदायि भएर समाज लक्षित विभिन्न कार्यक्रमहरु संचालन गरेको कार्यले आफु निकै नै प्रभावित रहेको बताउनु भयो । साथै सहकारीले अझ बढी प्रभावकारी रुपमा अघि बढोस र संस्थाको उत्तोेरत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भयो । बाग्मती प्रस्कुनका सञ्चालक सदस्य तथा कुम्भेश्वर महिला साकोसकी अध्यक्ष शान्तलक्ष्मी खड्गीले हालको चुनौतीपूर्ण परिस्थितिमा समेत सहकारीको वित्तीय कारोबार वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरूले यस संस्थामा कारोबार गर्न पाउँदा गर्व महसुस गर्ने वातावरण बनेको बताउँदै सहकारीको थप प्रगतिको शुभकामना दिनुभयो।

यसै अवसरमा मिस नेवा ११४५ प्रलिशा शाक्यलाई संस्थाको सद्भावना दूत नियुक्त गरिएको थियो। नियुक्तिपछि शाक्यले आफ्नो मन्तव्यमा सक्षम, पारदर्शी र सदस्यमैत्री सहकारी संस्थाको सद्भावना दूत बन्न पाउँदा निकै गौरव लागेको बताउनुभयो। उहाँले आफ्नो तर्फबाट संस्थाको प्रगतिमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सहकारी संस्था यस विषम परिस्थितिमा पनि करिब ४ करोड २५ लाख रुपैयाँ भन्दा बढि बचत संकलन गर्न सफल भएको तथा सदस्यहरुले संस्थाप्रति देखाएको विश्वासकै कारण सहकारी निरन्तर प्रगतिको बाटोमा अघि बढ्न सफल भएको बताउनुभयो । सहकारीलाई विश्वास गरि निक्षेप बढाउनमा महत्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्ण सहकारीका सदस्यहरुमा धन्यवाद व्यक्त गर्नुभयो । साथै सहकारी विकास प्रधिकरणले निर्देशन जारी गरेको अवस्थामा सम्पुर्ण सदस्यहरुले नियमको पालना गरि नियमित बचत गर्ने कार्यलाई अगाडी बढाउन आव्ह्वान गर्नु भयो । सम्पूर्ण सदस्यहरुलाई सहकारीको नयाँ भवन अलि टाढा भए पनि अल्छी नमानी कारोवार संचालन गर्न समेत अनुरोध गर्नु भयो । माँ बगलामुखी सहकारी सधैं सहकारीको मूल्य, मान्यता र सिद्धान्त रहेर मात्र कार्य गर्ने कुरा समेत व्यक्त गर्नु भयो । उक्त संस्थाको गतिविधिबारे प्रकाश पार्दै उहाँले ‘सदस्यहरुको आर्थिक उन्नति गर्ने अभिप्रायले स्थापना भएको यो संस्थामा कुल शेयर रकम रु.३,९७,०८,१००।–, कुल जगेडा कोष लगायत अन्य कोष गरि जम्मा रु.३,७७,३९,६९८।–सहित कुल सम्पत्ति रु. ४२,२१,६५,८३७।– पुगिसकेको छ, भन्नुभयो । कार्यक्रम कै अवसरमा नेवाः भाषा, कला र संस्कृतिको क्षेत्रमा मिस नेवाः कार्यक्रम समेत गरि विशेष कार्य गर्दै आउनु भएकी समाजसेवा तथा नेप्लिज फेसन फोमका अध्यक्ष हेमा मानन्धरलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । माँ बगलमुखी सहकारीको साधारण सभाकै अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा २०जना सहकारी सदस्यहरुले रक्तदान समेत गरेको थियो । उक्त कार्यक्रममा व्यवस्थापन फाईट फर लाईफ नेपालबाट गरिएको थियो । साधारण सभा कै अवसरमा त्यस संस्थाका उत्कृष्ट बचतकर्ता सदस्य सिलन महर्जन, उत्कृष्ट ऋणी सदस्य रविना महर्जन र उत्कृष्ट कारोबार गरेको महिला समूहमा यम्पि स्तुप महिला बचत समूहलाई, चोवु गाहितीलाई सम्मान गर्नुका साथै संस्थाकी सह लेखा सहायक स्वस्तिका महर्जनलाई उत्कृष्ट कर्मचारी सम्मान गरियो ।

साधारण सभामा संस्थाका सदस्यहरुका छोराछोरीमध्ये २०८१ सालको एसईइ मा उत्कृष्ट जीपीएसाथ उत्तीर्ण भएका सिम्रिका महर्जन, श्रेया महर्जन, निलिशा तण्डुकार, शुभम बाध्यकार, निभ देउला, श्रय महर्जन, सुमेधा महर्जन, सुप्रिना तण्डुकार, श्रृष्टि श्रेष्ठ, रिजन चित्रकार, रेन्सी महर्जन, शुभम तण्डुकार, एसोन डंगोल ३.९२ जिपिए लाई पुरस्कार सहित सम्मान गरियो । भने सदस्य मध्ये स्नातकोत्तर पास गर्नु हुने धनश्याम न्यौपाने र सविन तण्डुकारलाई पनि विशेष सम्मान गरिएको थियो । माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जनले यो विषम परिस्थितिमा पनि सहकारीलाई उचाँईमा पुर्याउन सकेको, सदस्यहरुको मन जित्न सफल भएको तथा सामाजिक कार्यमा निरन्तर लागी रहेको हुँदा साधारण सभाकै अवसरमा सहकारीका सदस्य रमेश देउला आफैले तयार पारेको स्केच (आर्ट( सम्पूर्ण सदस्यहरुको तर्फबाट अध्यक्ष लक्ष्मण महर्जनलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रम संचालन संस्थाका कर्मचारी कञ्चना नापितले गर्नुभएको थियो । । स्वागत मन्तव्य संस्थाका सचित रुजेन्द्रमान श्रेष्ठले व्यक्त गर्नु भयो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष अञ्जु तण्डुकारले प्रस्तुत गर्नु भएको थियो । सभाको समापनमा अध्यक्ष महर्जनले सहकारी सधैं मूल्य, मान्यता र सिद्धान्तमा रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्य, कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।