व्यवसायीको मनोबल उकास्न सहुलियत दिने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियत प्रदान गर्ने बताएका छन् । खरेलले कर्जा पुनर्संरचना,पुनर्तालिकीकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने बताए । जेनजी प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि रु मूल्यवृद्धि बढ्ने हो कि रु भन्ने आशंकाहरू पैदा भइरहेका छन् । तर, क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमाभन्दा माथि मूल्यवृद्धि जाने देखिँदैन, खरेलले भने, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेको छ भने बाह्य क्षेत्रमा असर नगरेसम्म रेमिट्यान्समा पनि प्रभाव पर्ने देखिँदैन ।

यसले विदेशी मुद्रा सञ्चितिमा हामी सहज अवस्थामा रहने देखिन्छ । उनले विगतका क्षतिपछि कसरी पुनर्निर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भए पनि अहिले आजकै दिनमा खर्च गर्न सकिने आठ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताए । अर्कोतर्फ, लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उनको भनाइ छ । यसले भौतिक संरचनाको पुनर्निर्माण सहज हुने खरेलको दाबी छ । ूअबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो । तरलता पर्याप्त भएको र ब्याज पनि न्यून छ भने लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण पनि छ । यसरी हेर्दा हामी धेरै समस्यामा छैनौँ, खरेलले भने, कोरोना महामारीपछि आईटी क्षेत्रमा सुधार भएजस्तै अब कुन क्षेत्रमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयलाई हेरेर जानुपर्ने आवश्यकता छ । उनले वित्तीय स्थिति सहज भएकाले यही आर्थिक वर्षमा साढे ५ वा ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न समस्या नरहेको बताए । सरकारी क्षेत्रबाट पुनर्निर्माणमा राम्रो योगदान हुने देखिँदै गर्दा निजी क्षेत्रबाट पनि सोही किसिमको अवस्था सिर्जना गर्न जरुरी रहेको उनको भनाइ छ । हाम्रो मुलुकमा पछिल्लो समय दशकदशकमा परिवर्तन भइरहेको छ । क्षति पनि हुने र नयाँनयाँ कुराहरू आउने पनि भइरहेका छन् । कोरोना महामारीको समयमा पनि हाम्रोमा डिजिटलाइजेसन व्यापकरूपमा भयो भने आईटी क्षेत्र पनि सकारात्मक गतिमा अगाडि बढ्यो । यस समयमा पर्यटन क्षेत्रमा समेत सुधार भएर गएको खरेलले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *