सामसङको दशैं अफर, ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब सस्तो मूल्यमा

काठमाडौँ। यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र सुविधासहित उपभोक्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फोनहरू कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘हामी विश्वास गर्छौं कि रूपान्तरणकारी प्रविधि सबैको पहुँचमा हुनुपर्छ। यस दशैंमा हामीले केवल विशेष मूल्य मात्र नभई सबैलाई हाम्रो ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न अवसर प्रदान गरेका छौं।

यसले प्रियजनहरूसँग माया बाँड्ने र पर्वको खुशीयाली मनाउने अवसर थप्नेछ।’ ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ किन्दा ग्यालेक्सी ब्को क्षमता पत्ता लगाउन सक्ने सुविधा पाउनेछन् र ५०,००० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी स्मार्टफोनहरू ० प्रतिशत ब्याजमा १८ महिनासम्मको ईएमआईमा खरिद गर्न सकिन्छ। यस योजनामा फोनको यन्त्र बीमा समेत समावेश गरिएको छ। फोन खरिदका लागि केवल नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *