मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिनभन्दा धेरै लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिनभन्दा धेरै लाग्नसक्ने देखिएको छ । सडक विभागले तुइन खोलानजिकै गएको पहिरो हटाउन दुई दिन लाग्ने बताए पनि यो भन्दा धेरै समय लाग्ने स्रोतको भनाइ छ । ठूलो पहिरो छ । दुई दिनमा सडकमा खसेको ढुंगामाटो हटाउन सक्ने देखिँदैन । दुई दिनभन्दा धेरै लाग्ने निश्चित छ । ठूला ढुंगासहित खसेको माटोले सडक धसिएको र तलैसम्म पहिरो गएकाले यो सडक दुई दिनमा सञ्चालनमा आउँदैन । ठूलो पहिरो गएपछि हिजो दिउँसोबाट उक्त सडकखण्ड अवरुद्ध छ । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्दै आएको छ । पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *