चण्डेश्वरी साकोसको ३३ औँ साधारण सभा सम्पन्न
काभ्रे । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षता तथा संस्थाका पुर्व उपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्रि कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि कञ्चनचन्द्र बादेले चण्डेश्वरी साकोस समुदायमा आधारीत भई बिगत ३ दशक देखी नै सहकारी मुल्य मान्यता अनुरुप आन्तरीक सुशाशन कायम गरी सदस्यहरुलाई सेवा सुबिधा दिदैँ आएको हुदाँ समुदायमा भर पर्दो सहकारीको रुपमा आफ्नो पहिचान बनाएको बताए । सभामा संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सभामा संस्थाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिबेदन गत आव २०८१।०८२ को नीति तथा कार्यक्रमको समिक्षा र आ.व. २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम योजना सचिव बुद्धरत्न मानन्धरले प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष गणेश कुमार रञ्जितले आ.व. २०८१।०८२ को लागी १० प्रतिशत लाभाशं घोषणा गर्दै संस्थाको आ.व. २०८१।०८२ को आर्थिक प्रगति समिक्षा र आव २०८२।०८३ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिका संयोजक रामप्रसाद श्रेष्ठले संस्थाको गत आव २०८१।०८२ को समग्र समिक्षा प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८१ मा सहभागी भई उत्तिर्ण भएका ३३ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने ति मध्ये ५ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्टि छात्रबृत्ति प्रदान गरिएको थियो । संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । आ.व. २०८१।०८२ मा उत्कृष्ट कार्य संपादनको आधारमा कनिष्ठ कार्यालय सहायक राजेन्द श्रेष्ठ उत्कृष्ट कर्मचारी बिधा बाट सम्मानीत गरिएको थियो । साधारण सभाको अवसरमा सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा उपस्थीत सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियो । शिविरमा हाड, जोर्नी तथा नशा सम्बन्धि, फिजियोथेरापी सम्बन्धि बिशेषज्ञ डाक्टरको उपस्थीतिमा १ सय ९० जनाले जाँच गराई आवश्यक परामर्श तथा औषधि बितरण गरिएको थियो ।