सुयोग्य सहकारीद्वारा कोटेश्वर प्रहरी कार्यालयलाई सामाग्री हस्तान्तरण

काठमाण्डौं । सेतीओपी मार्ग कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । यहि भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त प्रहरी चौकीलाई संस्थाले विभिन्न सामाग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बु, उपाध्यक्ष पम्फा न्यौपाने, संस्थाको प्रमुख सल्लाहकार चित्राकुमारी सुब्बा थाम्सुहाङ र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाको सामाजिक हितकोष अन्तर्गत जेनजी आन्दोलनबाट क्षतिग्रस्त प्रहरी चौकीलाई १ लाख १४ हजार बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरिएको सिईओ कार्कीले जानकारी दिए ।

संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्टील दराज ४ थान, डिभाइडर लाईट २ थान, म्याजिक लाईट ५ थान,ब्याट्री १ प्याकेट, टर्च लाईट २ थान, ह्यन्ड माइक १ थान र युपिएस ३ थान इनिस्पेक्टर यज्ञराज भट्टलाई हस्तान्तरण गरिएको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले समुदायको हरेको गतिविधिमा सहभागी हुँदै आएको जनाएको छ । सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति चासो भन्ने रहेको र सोही अनुसार संस्थाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौंकीलाई सहयोग गरेको अध्यक्ष लिम्बुले बताए । आगामी दिनमा पनि यस्ता क्रियाकलाप गर्दै जाने उनको भनाई छ । क्षतिग्रस्त कार्यालयलाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् भने रङ्गरोगनको कार्य समेत अगाडि बढाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *