हुलास आल्मुनियमको बिक्री शाखा सतुंगलमा
काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ । यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायत गुणस्तरीय हुलास आल्मुनियम तथा स्टिल सामग्रीहरू गुणस्तर सहित सही मूल्यमा सिधै खरिद गर्न सक्नेछन् । हुलास आल्मुनियमको बिक्री शाखा चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको छ । यो शाखाबाट काठमाडौं उपत्यकामा सजिलो सेवा र भरपर्दो गुणस्तरीय सामान उपलब्ध गराइने कम्पनीले जनाएको छ ।